नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि ४ क्याम्पसका उम्मेदवार टुंग्याएको छ ।
जिल्ला स्थित ८ क्याम्पस मध्ये ४ क्याम्पसका उम्मेदवार टुंग्याएको हो ।
शनिबार मुसीकोटमा बसेको संगठनको जिल्ला सम्मेलन आयोजक समितिको बैठकले रुकुमेली क्याम्पस मुसिकोटमा दीपक डाँगी, जहारी क्याम्पस खोलागाउँमा महेश ओली, सिम्रुतु क्याम्पसमा दीपेन्द्र ओली र स्यार्पू बहुमुखी क्याम्पसमा टेकराज विश्वकर्मालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको संगठनका प्रदेश सदस्य प्रकाश डाँगीले जानकारी दिनु भयो ।
मुसिकोट खलंगा बहुमुखी क्याम्पस, राडिज्युला शिक्षा क्याम्पस, शीतल क्याम्पस र सानीभेरी शिक्षा क्याम्पसमा क्याम्पसको विशिष्टताका आधारमा पार्टी समेतको संलग्नतामा फागुन १९ गते भित्र टुंगो लगाउने निर्णय भएको बताइएको छ।
त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन आगामी चैत्र ५ गतेका लागि तोकेको छ भने मध्यपश्चिम विश्वविद्यालयले अहिलेसम्म स्ववियु निर्वाचनको मिति तोकेको छैन् ।


