नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई जिरो वा सय नम्बर दिए पनि त्यसले कुनै फरक नपार्ने बताउनु भएको छ ।
उहाँले आफ्नो कामको मूल्यांकन जनताले गरिरहेको बताउनुभयाे ।
प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केनद्रको कार्यक्षेत्रमा रहेका सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसा पत्र प्रदान गर्ने कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।
‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईंले सुन्नुभएको होला तर भए पनि अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उहाँले भन्नुभयो,’मैले ५/६ वटा स्पष्टीकरण दिएँ होला त्यसले माने राख्दैन। मलाई जिरो दिए पनि वा सय दिए पनि त्यसले पनि माने राख्दैन। तपाईंहरूले मेरो कामको मूल्याङ्कन गर्नुभएकै छ।’
कर्मचारीहरूसँग मिलेर आफूले जिम्मेवारी लिएर काम गरिरहेको समेत उहाँले बताउनुभयो।