कतारस्थित कर्णाली प्रदेश समन्वय परिषदको तेस्रो अधिवेशन बाट रुकुम पश्चिमका हरिस रावल सचिव पदमा सर्वसम्मत चयन हुनु भएको छ। रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६ घरभै हाल कतार लाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएका रावल चयन हुनु भएको हो ।
त्यस्तै रुकुम पश्चिम बाट प्रतिनिधित्व गर्दै तुल बहादुर बि क,खुम बहादुर पुन र देउबिर पुन मगर सदस्य पदमा चयन हुनुभएको छ ।
शुक्रबार दुई चरणमा सम्पन्न कणर्णाली प्रदेश समन्वय परिषद् कतारको छैटौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा मोतिलाल बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर राना, उपाध्यक्षहरू टंक विश्वकर्मा, तिलक सिंह ठकुरी, शेरवहादुर रोकाय, पवि कुमारी थापा, महासचिव सुरेश केसी, सचिवद्वय हरिस रावल, प्रकाश हमाल, कोषाध्यक्ष यज्ञबहादुर रावत र सहकोषाध्यक्ष रुपसिंह सिञ्जाली चयन हुनु भएको हो।
त्यस्तै सदस्यहरूमा तुलबहादुर बिक, निमा रोकाय, खुम बहादुर पुन, देउवीर पुन मगर, पूर्णबहादुर रोकाय, लोकेन्द्र खत्री, मिना डांगी, परेक सुनार, ओम प्रकाश बाइधरी र दिनेश तिरुवा चयन हुनुभएको छ ।
नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक छबिलाल बुढाथोकीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। परिषद्का कार्यवाहक अध्यक्ष मोतीलाल बुढा मगरको अध्यक्षता रहेको अधिवेशनमा गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले कर्णालीमा विगतमा देखिएको फुट र अहिले देखिएको एकताले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।
हार्दिक बधाई मित्र हरिस रावल ज्यु