जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले होली पर्वलाई मर्यादित भएर मनाउन अनुरोध गरेको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै होली मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभाबि रङग लगाउने, लोला हान्ने, फोहोर पानीले हान्ने लगायतका कार्य नगर्न अनुरोध गरेको छ ।
उक्त सूचना मार्फत बाटो ढुकेर बटुवालाई रङग दल्ने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक तथा नशालु पदार्थ सेवन गर्ने तथा गराउने, सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने जस्ता अवान्छित तथा उच्छृङखल किसिमका कार्यहरु नगर्न नराउन पनि जानकारी गराएको छ ।
सूचनाको अवज्ञा गरेमा प्रचलित कानून, सामाजिक सद्भाव, शान्ती सु व्यवस्था एवम् व्यक्तिगत स्वतन्त्रता बिरुद्ध कार्य गरे, गराईएको पाईएमा कानून बमोजिम कारबाहि हुने प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै प्रचलिन मूल्य, मान्यता एवम् परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा होली मनाउन समेत भनिएको छ ।
यस वर्षको होली पर्व पहाडि क्षेत्रमा फागुन २९ गते र तराईमा चैत १ गते मनाईदैछ ।