हिमालयन एग्रिकल्चर इन्स्टिच्युट बागबजार काठमाडौँले लोकसेवा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निशुल्क अध्यापन गराउने भएको छ। हिमालयन एग्रिकल्चर इन्स्टिच्युटमा लामो समय देखि अध्यापन गराउँदै आउनुभएका प्रशिक्षक चन्द्र प्रकाश रोकायको जन्मदिनको अवसरमा देशैभरिबाट ४५ जना कृषि तथा भेटेरिनरीका विद्यार्थीहरूको लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
आफ्नो जन्मदिनको अवसरमा देशका सातवटा प्रदेशबाट पाँच जनाका दरले ३५ जना र रुकुम पश्चिमबाट १० जना गरी ४५ जना कृषि र भेटेरीनरीको लोकसेवा तयारी गर्न चाहने गरीब तथा जेहेन्दार विद्यार्थीलाई नि शुल्क लोकसेवा तयारी कक्षा प्रदान गरिने प्रशिक्षक रोकायले जानकारी दिनुभयो ।
कृषि, भेटेरीनरी चौथो तथा पांचौ तहको अनलाइन लोकसेवा तयारी गर्दा लाग्ने कुल रकमको संस्थाले ५०% र आफूले ५०% रकम तिरिदिने व्यवस्था गरिएको प्रशिक्षक रोकायले जानकारी दिनुभयो । निःशुल्क कक्षा ५ महिनासम्म चल्नेछ।
कक्षा लिन चाहने विद्यार्थीहरूले गरीब तथा जेहेन्दार सम्वन्धी गाउँपालीका तथा वडाको सिफारीस पत्र,कुनै प्रदेशमा लोकसेवा आयोग वाट लिइएको परिक्षा दिएर अन्तरवातांमा फालिएको भएमा सो को प्रमाण,तथा मौखिक परिक्षा वाट असफल विद्यार्थि लाई प्राथामिकता दिइने बताइएको छ।
साथै लोकसेवा आयोग वाट खुलेका विज्ञापनमा सकेसम्म धेरै ठाउंमा फार्म भरेर परीक्षा दिएर असफल भएको ,धेरै पटक लोकसेवा आयोगको परिक्षा दिएको भय प्रवेश कार्ड राख्नुपर्ने र धेरै परीक्षा दिएर असफल विद्यार्थीलाई प्रथामिकता दिइनेछ ।
वुवा तथा आमा नभएको हकमा वडाको सिफारीस पत्र,शारिरीक रुपमा अपाङ्ग भएमा सो को प्रमाणपत्र सहित यही फागुन २२ गतेभित्र सम्पर्क गर्न सकिने संस्थाले बताएको छ।
पढाईमा अब्बल क्षमता भएको, मिहिनेत गर्ने, हिमालयन लगायतका सस्थाले लिएको परीक्षामा उत्कृष्ट नम्बर ल्याउन सफल विद्यार्थिहरु लाई विशेष ग्राहता दिइनेछ।
साथै १९ गतेदेखि हिमालयन एग्रिकल्चर इन्स्टिच्युमा कृषि, भेटेरीनरी चौथो तह,पांचौ तह र अधिकृत तहको अनलाइन कक्षा लिना चाहने विद्यार्थिलाई ३० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।
थप जानकारीको लागी ९८६८८९०३९६ र ९८६०६७३७८९ नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले बताएको छ।