रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले चालु आर्थिक बर्षको अर्धबार्षिकि सार्वजनिक सुनुवाई गरेको छ ।
गाउँपालिकाका विभिन्न वडाहरुको पाइक पर्ने स्थानहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रम २४ गतेबाट सुरु भएको थियो ।
२४ गते वडा ३, ४ र ६ को झुल्नेटामा कार्यक्रम भएको थियो । त्यस्तै २५ गते वडा नम्वर १, २, ५ र ७ को सिम्रुतुमा र २६ गते वडा ८, ९ र १० को गैरिखेतमा अर्धवार्षिकि सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले चालु आर्थिक बर्षको ६ महिनामा पालिकाले गरेका गतिविधिको बारेमा पालिकाको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सम्बन्धित वडाका वडा अध्यक्षहरुले वडापालिकाको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा पालिका बासिले गाउँपालिकाको सेवा प्रवाहको बारेमा जिज्ञासा गर्नुका साथै सुझाव संकलन पनि गरेको गाउँपालिकाले जनाएको छ । पालिकाबासिबाट आएका प्रश्न र जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र सम्वन्धित शाखाका प्रमुखहरुले दिनुभएको थियो । कार्यक्रमको सहजिकरण देवकुमार ओली, दिपेन्द्र महातारा र बलबहादुर ओलीले गर्नुभएको थियो ।