नेपाल शिक्षक महासङ्घ बाँफिकोटद्वारा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल शिक्षक महासङ्घ बाँफिकोट गाउँपालिका रुकुम पश्चिमलाई ध्यानाकर्षण पत्र बुझाएको छ। आज महासंघले आफ्ना विभिन्न माग राख्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो।
२०८१ साल माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु थालनी गरेको नेपाल शिक्षक महासङ्घ बाँफिकोटका अध्यक्ष गोबिन्द मल्ल्ले जानकारी दिनुभयो ।
बाफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठालाई ध्यानाकर्षण पत्र बुझाइएको मल्लले बताउनुभयो ।
२०७५, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनको बलमा नेपाल सरकारसँग महत्वपूर्ण सहमतिहरु भएका र अब स्थायी, राहत, साबिक उच्च माध्यमिक विद्यालय, शिक्षण सिकाई अनुदान, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका सबै मुद्दाहरू सम्बोधन हुने विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक रहेको बताइएको छ ।