जाजरकोटको भेरी नगरपालिका -१ रिम्नामा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको १६ महिनापछि जाजरकोटको रिम्नामा क्षतिको आँकलनका लागि कार्यालय स्थापना भएको छ । आईतबार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले जाजरकोटको भेरी नगरपालिका -१ रिम्नामा उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालय अन्तर्गत उक्त इकाई स्थापना गरिएको हो ।
यस अवसरमा गृहमन्त्री लेखकले पुनर्निर्माण कार्यले गति पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०८० कार्तिक १७ गते गएको भुकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा भएको क्षतिको बिस्तृत क्षति आँकलन गर्न र नीजि आवास पुनर्निर्माणका लागि पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।
भूकम्पबाट प्रभावितहरु लामो समयसम्म अस्थायी टहरामा बस्दै आएका छन् ।