११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मुसिकोट नगरपालिका रुकुम पश्चिमले विविध कार्यक्रम गरी मनाउने भएको छ।
मुसिकोट नगरपालिका अन्तरगत महिला वालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा दिबस मनाउन लागिएको हो।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा मार्च ८ तारिखमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । जस अनुसार मार्च ८ अर्थात फाल्गुन २४ गते मुसिकोट नगरपालिले विविध कार्यक्रम गरी दिवस मनाउन लागेको महिला वालबालिका तथा जेष्ठ नागरिक शाखाले जानकारी दिएको छ ।
जसअनुसार मौलिकता तथा लोक सस्कृति झल्किने लोक नृत्य, कुर्सी दौड लगायतका मञ्चका कार्यक्रमको आयोजना गरिएको छ । मौलिकता तथा लोक सस्कृति झल्किने लोक नृत्यमा प्रथम हुने समूहलाई ५ हजार ,दोस्रो हुनेलाई ४ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना हुनेलाई २ हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै कुर्सी दौड प्रतियोगितामा प्रथम हुनेले १२ सय , दोस्रो हुनेले १ हजार र तेस्रो हुनेले ८ सय रुपैयाँ पुरस्कार पाउने छन् ।
दिवसमा वडाबाट १ जना प्रतिनिधित्व हुने गरि महिलाहरुको झाकी सहित र्यालीमा कम्तीमा २० जना पोसाक सहित हुनुपर्नेछ । -यालीमा सहभागी झाकीलाई दुरीको आधारमा पुरस्कार दिने नगरपालिकाले जनाएको छ।
कार्यक्रम मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर प्राङ्गणमा आयोजन गरिएको छ।