राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको भवन निर्माणको काम सुरु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा भवन निर्माणको काम शुक्रबारदेखि सुरु भएको हो । परिषदको भवन निर्माणको लागि परिषदका अध्यक्ष मनलाल ओलीले जग्गा प्रदान गर्नुभएको छ ।
स्वर्गीय श्रीमती राधाको नाममा परिषदलाई भवन निर्माणको लागि जग्गा दान गरिएको संस्थाका अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परिषदको अव आफ्नै भवन बन्ने छ । भवनको पहिलो तला निर्माणको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट १५ लाख बजेट प्राप्त भएको छ ।
भवन निर्माणको काम उपभोक्ता समिति मार्फत भइरहेको उहाँले जानकारी दिनुभयो । भवनको नाम राधा ओली स्मृती भवन रहने बताइएको छ ।