देशैभर आगागि चैत ७ गतेदेखि संचालन हुने माध्यमिक परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट तीन हजार ६ सय ६८ परीक्षार्थी सहभागि हुँदै छन् ।
जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालय गरी जिल्लाभरबाट ७९ विद्यालयबाट तीन हजार ६ सय ६८ परीक्षार्थी सहभागी हुन लागेका हुन् । यस वर्षको माध्ममिक परीक्षा एसइईमा छात्रा १ हजार ६ सय ५ र छात्र १ हजार ७ सय ३३ गरी साधारण तर्फ कुल ३ हजार ३८ जना विद्यार्थी परीक्षामा सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।
त्यस्तै ग्रेडवृद्धितर्फ छात्र १ सय ३० र छात्रा ९४ गरी २ सय २४ तथा प्राविधिक धारतर्फ २८ छात्र र छात्रा ४८ गरी १ सय जना विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् । परीक्षाको संचालनका लागि जिल्लाका विभिन्न ठाउँका १५ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो ।
एसइई परीक्षा आमागी चैत ७ गतेदेखि १५ गतेसम्म संचालन हुँदै छ ।