नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई विशेष जिम्मेवारी दिएको छ । माओवादीको हालै बसेको पदाधिकारी बैठकले उनलाई राजनीतिमा स्वागत गर्ने निर्णय गर्दै विशेष जिम्मेवारी दिने निर्णय गरेको हो।
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए । तर उनलाई पार्टीले कुनै जिम्मेवारी भने दिएको थिएन ।