रुकुम पश्चिममा नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन भएको छ।
मुसिकोट खलङ्गामा सम्पन्न नवौँ जिल्ला अधिवेशनले सुरज परियारको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालले हिजो उद्घाटन गरेको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
नयाँ टिममा उपाध्यक्ष दिपकराज खड्का र शेरबहादुर बोहरा, सचिवमा धनराज खड्का तथा उप सचिवमा अमरराज पुन, हिरा रेउले पुरी र खमबहादुर ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
बुधबार बिहान मुसिकोट खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष परियारले नयाँ नेतृत्व घोषणा गर्दै जिल्लामा पार्टी संगठनलाई बलियो बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो नयाँ कार्यसमितिले जनताको पक्षमा नीति निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिने समेत बताउनुभयो।