चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म १८ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
यसमध्ये सबैभन्दा धेरै चीनतर्फ निर्यात भएको छ । चीनमा १२ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको २ सय ८८ किलो यार्सागुम्बा निर्यात भएको हो । यसैगरी १ करोड ५९ लाख ६२ हजार रुपैयाँको २२ किलो यार्सागुम्बा सिंगापुर, १ करोड १३ लाख १८ हजार रुपैयाँको यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।
यसैगरी १ करोड २ लाख ६७ हजार रुपैयाँको ३८ किलो भियतनाम, ९८ लाख ३१ हजार रुपैयाँको १९ किलो अमेरिका, ४४ लाख २२ हजार रुपैयाँको २२ किलो बेलायत, ३४ लाख ६० हजार रुपैयाँको १० किलो मलेसिया, ३ लाख ३५ हजार रुपैयाँको १ किलो जापान र ६ हजार रुपैयाँको १० ग्राम यार्सागुम्बा थाइल्यान्ड निर्यात भएको छ ।