रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ थर्पुमा रहेको प्रशिद्ध धार्मिकस्थल डिग्रे भगवती शाईकुमारी मन्दिरबाट पैसा चोरी भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार गए राति मन्दिरमा रहेको दानपेटिकाबाट नगद दुई लाख रुपियाँ चोरी भएको हो ।
अध्यक्ष केसीका अनुसार मन्दिरको मूल ढोकाको ताला फोडेर चारवटा दानपेटिकामा रहेको रकम चोरी भएको छ । चोरी भएको थाहा पाउने बित्तिकै प्रहरीलाई जानकारी गराइएको थियो ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टले चोरीको जानकारी पाएपछि लगत्तै प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको जानकारी दिनुभयो ।
टोलीले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । मन्दिरमा रहेको सिसिटिभी क्यामेराको फुटेज जाँच, स्थानीयसँगको बयान लगायतको काम भइरहेको डिएसपी बिष्टले बताउनुभयो ।