रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पालिका स्तरिय आधारभूत तह परीक्षामा ९० दशमलव २९ प्रतिशत विद्यार्थीहरु उर्तिण भएका छन् ।
आभारभूत तह कक्षा ८ को परीक्षमा ५ सय ८९ विद्यार्थी रहेकामा ५ सय ३६ विद्यार्थीहरु परीक्षामा सहभागि भएका थिए ।
जसमध्य पालिकाभरबाट आाधारभूत तह कक्षा ८ को परीक्षामा ९० दशमलव २९ प्रतिशत विद्यार्थी उर्तिण भएको त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सरेश पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षामा ५३ जना अनुपस्थित भएका थिए भने परीक्षा दिएका ४ सय ८४ विद्यार्थी उतिर्ण हुँदा ५२ जना विद्यार्थी अनुतिर्ण भएका छन् । यसवर्ष २० वटा विद्यालयबाट विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ग्रेडवृद्धि परीक्षाको लागि बैशाख ७ र ८ गते मिति तोकिएको त्रिवेणी गाउँपालिकाकाे शिक्षा शाखाले जनाएको छ ।








