ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगिता गर्ने भएको छ । फिल्मको चर्चित गीत ‘कर्णाली काटौंला’माथि भिडियो बनाएर विजयी हुनेलाई पुरस्कृत गरिने भएको छ ।
रवि ओड र इन्द्रकला राईको आवाजमा गतसाता उक्त गीत युट्युवमा रिलिज भएको थियो । सो गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट ५ जनालाई निर्माता कम्पनी आरबी मूभिजले विभिन्न अवसर र पुरस्कार दिने जनाएको हो ।
द्रौपदी ह्यासट्याग प्रयोग गर्न समेत आग्रह गरेको छ । यसको नतिजा फागुन २० गते फिल्मको आधिकारिक सामाजिक संजालमा पृष्ठमा घोषणा हुने जनाइएको छ ।