रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुमकी एक महिलाले बाटोमै बच्चा जन्माएउनु भएको छ ।
सुत्केरी व्यथाले च्यापेपछि लुकुमबाट स्वास्थ्य चौकी काँक्री ल्याउदै गर्दा भूमे–१ लुकुमकी ४५ वर्षीया रामजनी पुनले आज बीच बाटोमै बच्चा जन्माएउनु भएको हो ।
भूमे–१ धुतासखोलामा सुत्केरी व्यथाले च्यापेको थाहा पाएलगत्तै आधारभूत स्वास्थ्य केन्द्र लुकुमका अनमी किरण पुन र स्वास्थ्य चौकी काँक्रीका सिनियर अनमी लिलासार बुढा उक्त ठाउँमा पुगेर आमा बच्चाको ज्यान जोखिमबाट जोगाउन सफल भएको काँक्री स्वास्थ्य चौकी प्रमुख तिलकबहादर रोकामगरले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीको सक्रियतामा आमाछोरी दुबैको स्वास्थ्य अहिले सामान्य रहेको चौकी प्रमुख रोकामगरले बताउनुभयो ।

दुर्गम भेग यातायातको असुविधा, दक्ष जनशक्ति, समयमै एम्बुलेन्स नपुग्ने समस्याका कारण यस क्षेत्रमा सडकमै सुत्केरी हुने घटनाहरू बारम्बार दोहोरिइरहेका छन् ।


