रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -५ मा जिपले च्यापेर एक बालकको मृत्यु भएको छ ।
आज बेलुका बाँफिकोट गाउँपालिका ५ बडगाँउमा रा १ ज ८१२ को जिपले च्यापेर बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोहि गाउँका शंकर पुनका ३ वर्षको छोरा सिबाङ पुनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार खंलगाबाट बडगाँउ यात्रु छोडेर बाँफिकोटतर्फ आउँदै गर्दा बडगाँउमा रोकेर पुन चलाउने क्रममा बालक च्यापिएका थिए । बाटोमा खेल्ने क्रममा च्यापिएका बालकको घटनास्थलमै मृत्यु भएको हो ।
बालकको शव घटनास्थलमै रहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी टोली पुगेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरि प्रसाद पुनको कमाण्डमा एक टोली जाँदै गरेको छ ।
प्रहरीले जिप चालक बाँफिकोट गाउँपालिका ४ बस्ने २२ बर्षीय बिशाल बिक र जिपलाई नियन्त्रणमा लिएको जनाएको छ ।