सानीभेरी गाउँपालिका वडा नम्बर-५ घापागारमामा एक घरमा आगलागी भएको छ ।
आज बेलुका स्थानीय मनविर खत्रीको दुई तले घरमा आगलागी हुँदा नगद रुपिँयासहित घरायसी सामाग्री जलेर नष्ट भएका छन् ।
खरले छाएको कच्चि घरमा खाना पकाउने क्रममा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार आगलागीबाट घरमा रहेको अन्नपात, कागजपत्र, लत्ताकपडा, भाडावर्तन र घरमा रहेको नगद रकम समेत जलेर क्षति भएको छ ।
साथै घर पनि पूर्ण रुपमा जलेर नष्ट ५ नम्बर वडा अध्यक्ष मोतिराम खत्रीले जानकारी दिनुभयो । क्षतिको विवरण संकलन भईरहेको बताईएको छ ।