रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरिगाउँमा एक घर आगलागी भएको छ । आज साँझ कृष्णबहादुर बुढाको घरमा विद्युत लाइन सर्ट भएर आगलागी भएको हो । बुढाको दुई तले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका उहाँका अनुसार बुढाको माथिल्लो तलाको पश्चिम पट्टीको कोठामा विद्युतको तार सर्ट हुँदा घरमा रहेका अन्नपात, लत्ता कपडा, भाडावर्तन जलेर नष्ट भएको छ । मानवीय तथा पशु चौपायामा कुनै क्षति भएको छैन । घरमा लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रण भएको भएको प्रहरीले जनाएको छ ।


