रुकुम पश्चिमको आठबिसकोटबाट एक जना गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
आठबिसकोट नगरपालिका-९ स्थित २७ वर्षकी मैसरी बटालालाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । आज बिहानदेखि अत्याधिक रक्तश्राप भएपछी उपचारका लागि आठबिसकोट नगर अस्पताल ल्याइएको थियो ।
नगर अस्पतालले थप उपचारका लागि उहाँलाई सुर्खेत स्थित प्रादेशिक अस्पतालमा रिफर गरेको मेडिकल अधिकृत डाक्टर प्रागजिके सुवेदीले जानकारी दिनुभयो । डाक्टर सुवेदीका अनुसार गर्भवती बटालाको पाठेघरमा बस्नुपर्ने बच्चा नलिमा बसेको र उक्त नलि फुटेपछि अत्याधिक रक्तश्राप भएका कारण अवस्था गम्भिर भएको बताउनुभयो ।
नलीमा बच्चा बसेर नलि फुटेका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि उहाँको उद्धार गरी सुर्खेत लगिएको आठबिसकोटका नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।
पालिकाको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत बटालाको उद्धार गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।