रुकुम पश्चिमको आठबिसकोटमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका ९ घर भई वडा नम्वर ७ ज्यामिरे बस्ने कालिबहादुर खत्रीको १६ वर्षीया छोरी बालिका खत्रीको आज बिहान भिरबाट खसेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार खानेपानीको पाइप जोड्न गएकी बालिकाको घर देखि पाँच सय मिटर टाढा रहेको भिरबाट खसेर मृत्यु भएको हो ।
भिरबाट खसेर करिब १५ मिटर तल खसेकी बालिकाको टाउकोमा गम्भिर छोट लागेको थियो । उपचारको लागि आठबिसकोट नगर अस्पताल राडीमा लिएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको मृतकका भिनाजु लोकेन्द्र पुनले जानकारी दिनुभयो ।