रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मठमा घर बनाउने क्रममा एक कामदारको मृत्यु भएको छ ।
बिहीबार बिहान बाँफिकोट गाउँपालिका २ पिपल निवासी ४० वर्षीय कमल पौडेलको घरको एक तला माथिबाट खसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मठमा निर्माणाधीन एक घरमा प्लास्टरको कामको लागि खट बनाउने बेला पौडेल लड्नु भएको थियो ।
घरको एक तला माथिबाट करिब १० मीटर तल खसेका पौडेलको घटनास्थमै मृत्यु भएको बताइएको छ ।
पौडेलको शव पोस्टमार्टम लागि जिल्ला अस्पताल सल्लेमा लिईएको छ ।