हाम्रो बारेमा

सानीभेरी डट कम एक समाचारमुखी अनलाइन पोर्टल हो, जुन “ताजा समाचार, खुला विचार” भन्ने मूल नाराका साथ सञ्चालित छ। यो पोर्टल कर्णाली टेक्नो हब मिडिया प्रालिद्वारा स्थापना गरिएको हो, जसले पत्रकारितामार्फत सूचना, विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिमबाट सञ्चालित सानीभेरी डट कमले विशेषगरी स्थानीय तहका समाचार, जनजीवनसँग सम्बन्धित विषयवस्तु, राजनीति, शिक्षा, स्वास्थ्य, वातावरण, संस्कृति र पर्यटन जस्ता विविध आयामहरू समेटेर समग्र कर्णालीको आवाज बाहिर ल्याउने प्रयास गरिरहेको छ।

हाम्रो विशेषता:

  • ताजा र प्रमाणिक समाचार: हाम्रो प्राथमिकता सत्यमा आधारित, यथार्थपरक र विश्वसनीय सूचना दिने हो।

  • स्थानीयतालाई प्राथमिकता: हामी कर्णाली प्रदेशका गाउँ–बस्ती, नगर–शहर र व्यक्तिका कथा, समस्या र उपलब्धिलाई समाचारको माध्यमबाट उजागर गर्छौं।

  • विचार र विश्लेषण: खुला विचारको सम्मान गर्दै हामी विविध दृष्टिकोणलाई स्थान दिन्छौं — ताकि नागरिकहरू जानून्, सोचून् र निर्णय लिन सकून्।

  • डिजिटल पत्रकारिता: प्रविधिको प्रयोग गर्दै समाचारलाई छिटो, सरल र प्रभावकारी तरिकाले पाठकमाझ पु¥याउने हाम्रो ध्येय छ।

हाम्रो टिम

सानीभेरी डट कममा अनुभवी पत्रकार, युवा लेखक, विषय विशेषज्ञ र सूचना प्रविधिमा दक्ष टोली कार्यरत छन्। हामी सबैको सामूहिक प्रयासबाट यो पोर्टललाई उत्तरदायी, निष्पक्ष र लोकमुखी बनाउने अभियानमा लागेको छौं।

हाम्रो दृष्टिकोण

  • जनतालाई सूचना पहुँचमा सशक्त बनाउने

  • क्षेत्रीय पत्रकारितामा नवीन सोच र प्रविधिको प्रयोग

  • समाजमा सकारात्मक परिवर्तनको सहयात्री बन्ने

सम्पर्क

📍 कार्यालय: मुसिकोट नगरपालिका- १, रुकुम पश्चिम
📧 इमेल: info@sanibheri.com
📞 फोन: 9844949302
🌐 वेबसाइट: www.sanibheri.com