रुकुम पश्चिमको आठबिसकोटबाट काठमाडौंका लागि छुटेको रात्री बस तनहुँको डुम्रे नजिक दुर्घटना भएको छ ।
मंगलबार बिहान प्रदेश १–०१–००१ ख ४१५२ को बस विपरत दिशातर्फबाट आएको टिपरसँग ठोकिएर दुर्घटना भएको बसका यात्रु यामबहादुर पुनले जानकारी दिनुभयो ।
दुर्घटना हुँदा बसमा सवार यात्रु मध्य ६ जना घाईते भएको बताईएको छ । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको जनाईएको छ ।
घाईतेहुनेहरुमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ का ४९ बर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका ३५ बर्षीय चन्द्रबहादुर रावल, सानीभेरी गाउँपालिका– ४ की १७ बर्षीय विन्दु ओली, ५० बर्षीय भद्रबहादुर ओली, ३५ बर्षीय शर्मिला पाण्डे, बस चालक संजोक नेपाली र टिप्पर चालक शंकर अधिकारी रहेकाे बताइएको छ ।