ऊर्जामन्त्री कुलमान घिसिङले १० वर्षपछि जनताले निःशुल्क बिजुली बाल्न पाउने बताउनुभएको छ ।
आज उज्यालो नेपाल पार्टीको घोषणा सभामा सम्बाेधन गर्दै उर्जामन्त्री घिसिङले यस्तो बताउनुभएको हो ।
नेपालमा ऊर्जाको विकास भइरहेको र आगामी १० वर्षदेखि विभिन्न आयोजना सरकारको स्वामित्वमा आउने भन्दै त्यसपछि जनताले बिजुलीको पैसा तिर्नुपर्ने अवस्था नरहने उहाँले बताउनुभयो ।

