नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल रुकुम पश्चिमको अध्यक्षमा एल.बि.कटुवाल चयन हुनुभएको छ ।
आज मुसिकोट नगरपालिका ५ सेरिगाउँमा सम्पन्न पाँचौं जिल्ला सम्मेलनबाट कटुवालको अध्यक्षमा ५५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।
जसको उपाध्यक्षमा सेरु बि. क., उपाध्यक्षमा रमेश गिरी र शिवा परियार, सचिवमा सन्देश बि.क., सह सचिवमा गणेश कुमार चन्द, अजय चदारा, नितु खड्का र मेश आग्री तथा कोषाध्यक्षमा सन्तोश बि.क. चयन हुुनुभएको छ । सबै नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।