
रुकुम
तीन वर्षदेखि रोकिएको र अस्तव्यस्त अवस्थामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयलाई विद्यालयका पूर्वविद्यार्थीहरूको Alumni Team ले २४ घण्टाभित्रैको छोटो समयमै पुनःव्यवस्थित गरेको छ। 
विद्यालय लामो समयदेखि शिक्षक अभाव, प्रयोगशाला बन्द, र सफाइको अभावमा अस्तव्यस्त अवस्थामा रहेको थियो। Alumni Team ले विद्यालयमा पुगेपछि तत्काल सुधारका कामहरू सुरु गरी छोटो समयमा ठूला परिवर्तन ल्याएको हो।

गरिएका प्रमुख कार्यहरू
१) विद्यालयमा School Nurse को व्यवस्था
२) Computer Lab सञ्चालन
३) Science Lab पुनःसञ्चालन
४) Library सफा र व्यवस्थित
५) विद्यालय परिसरको पूर्ण सरसफाइ सम्पन्न
६) विद्यालयका खाली कोठाहरू विद्यार्थी प्रयोगका लागि तयार
७) लामो समयदेखि रिक्त रहेका विषय शिक्षकहरूको नियुक्ति प्रक्रिया सुरु
विद्यालय प्रशासनका अनुसार, यी कार्यहरूले विद्यालयमा पुनःपठन–पाठन सुचारु हुन, विद्यार्थीहरूको अध्ययन वातावरण सुधार गर्न, र शैक्षिक गुणस्तर बढाउन सहयोग पुर्याएको छ।

Alumni Team का सदस्यहरूले विद्यालयप्रतिको माया, समर्पण र जिम्मेवारीका साथ पुनःव्यवस्थापन कार्य सम्पन्न गरेको बताउँदै, आगामी दिनमा पनि विद्यालय सुधारका लागि निरन्तर योगदान जारी रहने बताएका छन्।

विद्यालय व्यवस्थापन समितिले टिमका सबै सदस्यहरू र सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ


