रुकुम पश्चिम, असोज १९
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ मुग्लुखोला पुल नजिक अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
खलंगाबाट छिवाङतर्फ जाँदै गरेको लु ०२–०१ ह ०७५६ नम्बरको अटो अचानक ब्रेक फेल भई सडक छेउमा रहेको होटलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार सानिभेरी गाउँपालिका–९ का ३४ वर्षीय धर्मबहादुर कुँवर घाइते भएका छन्। उनको दाहिने खुट्टामा भित्री चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो।
घाइते कुँवरलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाइएको छ। अटो चालक मुसिकोट नगरपालिका–१४ का ४२ वर्षीय ससिराम बिष्ट भने सकुशल रहेका छन्।
दुर्घटनापछि अटो प्रहरी नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Interesting read! Seeing platforms like big bunny slot really shift the focus to data-driven play is smart. Understanding probability & patterns can definitely elevate your game – beyond just luck, right? 🤔
Interesting take on maximizing potential wins! Seeing platforms like big bunny game really shift the focus to data-driven play is a game changer. Smart statistical analysis could be key! 🤔