रुकुम पश्चिमको चौरजहारी नगरपलिकामा नयाँ सहर आयोजना कार्यालयको आयोजनामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यालयका योजना निर्देशक मिलन आचार्यसहितको उपस्थितिमा सरोकारवालसँग अन्तरक्रिया कार्यकम गरिएको हो ।
कार्यकममा चौरजहारी नगर विकास समिति र नयाँ सहर आयोजना कार्यालयले अघि सारेका आयोजना र अबको प्राथमिकताका विषयमा छलफल गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ सहर आयोजना अन्तर्गका योजनाहरूको भौतिक र वित्तीय प्रगति, नगर विकास समितिको प्राथमिकताका सन्दर्भमा प्रस्तुतिकरण समेत गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, नगर विकास समितिका पदाधिकारी, राजनीतिक दल, जग्गा एकीकरण आयोजना उपभोक्ता समिति लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले घारीगाउँ जग्गा एकीकरण आयोजना सम्पन्न गर्न ढिलाइ भएको भन्दै यथाशीघ्र बाँकी काम सम्पन्न गर्न आग्रह गरेका थिए । त्यस्तै पर्याप्त बजेट विनियोजन गरी नगर विकास समितिले प्राथमिकताका साथ अघि सारेका आयोजनालाई सम्पन्न गर्नुपर्नेमा सहभागीहरूको जोड छ ।
सहभागीहरूको जिज्ञासा र सुझाव पछि कार्यक्रममा आयोजना निर्देशक मिलन आचार्यले नयाँ सहर आयोजना अन्तर्गतका योजना तथा कार्यक्रमले प्राथमिकता पाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो । अधुरा आयोजनलाई सम्पन्न गर्ने पहिलो प्राथमिकता रहने उहाँको भनाई