अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिमको अध्यक्षमा अन्जना केसी चयन हुनुभएको छ ।
आज मुसिकोटमा सम्पन्न भेलाले नेपाली कांग्रेसकी केसीलाई आगामी एक वर्षको लागि अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा नेकपा एमालेकी मनिषा परियार, सचिवमा नेकपा माओवादी केन्द्रकी याम कुमारी नेपाली चयन हुनुभएको छ । कोषाध्यक्ष भने नेकपा (एकिकृत समाजवादी) को भागमा परेको छ ।
सञ्जालको सदस्यहरुमा नेपाली कांग्रेसबाट निता थापा, धनमाया के.सी.रावल, सुजिता बि.सी.गिरी र खिमा के.सी., नेकपा (माओवादी केन्द्र)बाट बिमला खनाल, दिवसा खड्का ओली, लक्ष्मी भण्डारी ओली र प्रेमा शाही र नेकपा (एमाले)बाट डम्बरा खड्का, हिम हमारी के.सी. रेउले, अञ्जना चन्द गौतम, बम कुमारी ओली के.सी. चयन हुनुभएको छ ।
अन्तरपार्टी महिला सञ्जालमा सबै पार्टीमा आबद्ध महिला अधिकारकर्मीहरुको जिम्मेवारी रहने व्यवस्था रहेको महिला मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमका अध्यक्ष ब्युझना पुन देवकोटाले बताउनुभयो ।
सञ्जालको विधानमा कार्यसमितिको कार्यकाल एक वर्षको मात्रै हुने व्यवस्था छ । जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलमा आबद्ध महिला नेतृत्वहरुको छाता संगठनबाट प्रतिनिधित्व हुने गरी अन्तरपार्टी महिला सञ्जाल गठन हुने गरेको छ ।
राजनीतिमा महिलाको समान सहभागिता, सामाजिक न्याय सहितको अधिकार, समानता, घरेलु हिंसा र अन्याय विरुद्ध अन्तरपार्टी महिला सञ्जालले आवाज उठाउने गर्दछ ।