क्रिकेट हङकङ, चाइनाको आयोजनामा सञ्चालन हुन गइरहेको चार देशीय टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिमका अर्जुन घर्ति छनौट भएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोलीको घोषणा गरेको छ । उक्त टोलीमा अर्जुन घर्ति परेका हुन । घर्ति पछिल्लो समयमा एक आशा लाग्दा युवा क्रिकेटरका रुपमा चिनिदै आएका छन् ।
यही चैत्र २७ देखि ३१ अर्थात ९ अप्रिल देखि १३ अप्रिलसम्म हङकङ, चाइनामा आयोजना हुने चार देशीय टी–२० क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा भएको हो ।
उक्त खेलका लागि रोहित पौडेल (कप्तान), आसिफ सेख, किरण ठगुुन्ना, लोकेश बम, बासिर अहमद, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, अर्जुन घर्ति, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, सहाब आलम र विवेक यादव टिममा रहेका छन् ।
क्यानका अनुसार यहि चैत्र २० गतेदेखि भैरहवामा प्रशिक्षण शिविर हुनेछ ।



