रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका ११ नम्बर वडा स्थीत भलाक्चा स्वास्थ्य चौकीमा न्युनतम् सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
रुकुमेली समाज विकास केन्द्र, वान हट ओल्ड वाइटको सहयोगमा मुसिकोट नगरपालिका, स्वास्थ्य शाखाले भलाक्चा स्वास्थ्य चौकीमा आयोजना गरेको न्युनतम् सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी साेमबार सम्पन्न भएको हो ।
कार्यशाला गोष्ठीले गत ६ महिना यताको प्रगति समीक्षा गर्नुका साथै आगामी ६ महिनाको कार्ययोजना तयार गरेको छ ।
न्युनतम सेवा मापदण्डका आधारमा गत ६ महिनामा ८१ प्रतिशत प्रगति भएको र उक्त प्रगति अघिल्नो बितेको ६ महिनाको ८० प्रतिशतबाट १ प्रतिशत बृद्धि भई ८१ प्रतिशत पुगेको र आगामी ६ महिनामा कम्तिमा पनि ८५ प्रतिशत प्रगति देखिने गरि कार्ययोजना तयार गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक वेदाराम ओलीले जानकारी दिनुभयो ।
कार्यबाहक वडा अध्यक्ष शसिराम राेका क्षेत्रीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक वेदाराम ओली, रुकुमेली समाज विकास केन्द्र, वान हट ओल्ड वाइटका कार्यक्रम संयोजक मदन खड्का, वडाका जनप्रतिनिधि, स्वास्थ्य ब्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।