नेपाली काग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ रुकुम पश्चिमको पहिलो जिल्ला अधिवेशन हुने भएको छ ।
अधिवेशन यही चैत २५ गते ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र खेलाडी एकता’ भन्ने नाराका साथ विपी स्मृत भवन खलंगामा प्रथम अधिवेशन हुन लागेको हो ।
अभिवेशनमा काग्रेस जिल्ला कार्यसमिति पदाधिकारी, सबै नेता, प्रदेश सभा सदस्य क र ख का पदाधिकारी, छवटै पालिकाका सभापति, ६ वटै पालिकाका प्रतिनिधी लगायत सवैलाई अधिवेशनमाउपस्थितको लागि अनुरोध गरिएकोे नेपाल लोकतान्त्रिक खेलकुद संघका जिल्ला प्रतिनिधी तेज बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिने छ ।