१३६ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा चौरजहारीमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
आज मजदुर दिवसको अवसर पारी अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीले रक्तदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
‘रक्तदान : जीवनदान” भन्ने मान्यताका साथ मजदुर दिवसको अवसरमा रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी चौरजहारीले सञ्चालन गरेको ब्लड बैंकमा उक्त कार्यक्रम गरिएको हो । आज ७ जनाबाट ७ पिन्ट रगत संकलन भएको रेडक्रसले जनाएको छ ।
दिवसकै अवसरमा महासंघले चौरजहारीमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
श्रमिकहरुको सामाजिक सुरक्षाको कार्यान्वयन बिषयमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीले जनाएको छ ।