वुद्धभुमी मानव सेवा आश्रम शाखा कार्यालय रुकुम पश्चिमले रक्तदान गरेको छ ।
आज मुसिकोट नगरपालिका १ बालमन्दिरमा एक एक कार्यक्रम आयोजना गरी रक्तदान गरेको हो ।
आश्रममा कार्यरत ६ जना स्टापहरुले रक्तदान गरेको वुद्धभुमी मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शाखा कार्यालयमा कार्यरत अध्यक्ष जैसी, लक्ष्मी पुन मगर, भिमा खड्का, सुरेश केसी, कुसमा पुुन, हिरा खत्रीले रक्तदान गर्नुभएको हो ।
रगत संकलन गरेर जिल्ला अस्पताल सल्लेमा रहेको ब्लड बैंकमा राखिएको जिल्ला अस्पताल ब्लड बैंकका ल्याप टेक्निसियन पुष्कर केसीले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा जिल्ला अस्पताल सल्लेका डाक्टर महेश चौलागाई, ब्लड बैंक ल्याव टेक्निसियन केसी लगायतको टोली रक्तदान कार्यक्रममा टोली आएको थियो ।
२०८१ साल फागुन २५ गते स्थापना भएको मावन सेवा आश्रममा २ जना महिला र तीन जना पुरुष आश्रम लिएर बसिरेका छन् । ती आश्रममा बस्ने वेसाहारालाई खान, बस्न र नि:शुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको वुद्धभुमी मानव सेवा आश्रम शाखा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।