नेपाली काँग्रेसकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय परिचालन समिति तथा प्रसार समितिका सदस्य र नेविसंघ मुसिकाेटका संयाेजक चन्द्र बहादुर ओली प्रगतिशील लाेकतान्त्रिक पार्टी प्रलाेपामा प्रवेश गर्नुभएकाे छ ।
मुसिकाेट नगरपालिका १ काे माथि कैलदेउमा भएकाे घरदैलाे कार्यक्रम मार्फत उहाँ प्रलाेपामा प्रवेश गर्नुभएकाे हाे ।
उहाँले जनार्दनकाे विचार र काम मन परेर प्रलाेपामा प्रवेश गरेकाे बताउनुभयाे । संगठनमा इमानदारी पूर्वक काम गर्दा पनि पार्टी संगठनले प्राेत्साहन गर्नुकाे साटाे पटक पटक स्पष्टीकरण साेधिएकाे उहाँले बताउनुभयाे ।
काँग्रेसले जनताकाे माग अनुसार काम गर्ने नदेखेपछि राष्ट्रिय रूपमा प्रभाव पारिरहेकाे र जिल्लाकाे विकास गरिरहेकाे नेतृत्व जनार्दन शर्माकाे पार्टीमा प्रवेश गरेकाे उहाँले बताउनुभयाे ।


