नेकपा(माओवादी केन्द्र)ले रुकुम पश्चिममा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका-५ सेरिगाउँमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभाहलमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आज एक कार्यक्रमका विच समापन गरिएको हो । शनिबारबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तीन दिनसम्म चलेर आज सकिएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
कार्यक्रममा प्रत्येक पालिकाबाट ५/५ जनाको दरले ३० जना र अन्य गरेर ५० जनाभन्दा बढी माओवादीका नेता कार्यकर्ता कार्यक्रममा सहभागि भएका भएका थिए । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा विभिन्न १९ वटा विषयमा प्रशिक्षण दिईने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
कुशल प्रशिक्षक तयार पार्ने लक्ष्य सहित तालिमको आयोजना गरिएको थियो । तालिममा सहभागि सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । रुकुम पश्चिमबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा संचालन हुने बताएको छ ।