नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिम जिल्ला शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभा हलमा सम्पन्न अधिवेशनले अमर चन्दको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा प्रेमबहादुर बिक, तुलबहादुर आग्री र टिकेश्वरी भाट, सचिवमा देवबहादुर चन्द, सह सचिवमा कृष्णप्रसाद जैसी र कोषाध्यक्षमा कविता बोहरा रहनुभएको छ ।
निजामती कर्मचारी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारबाट प्रतिनिधित्व हुने गरी शाखा गठन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
संयोजक रोकाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वशन्तकुमार शर्मा कुशलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रदेश महाशाखा समिति सदस्य शेरबिर दाहालले गर्नुभएको थियो भने प्रदेश महाशाखा सदस्य शेरबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।


