रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले टोल फ्रि नम्वर संचालनमा ल्याएको छ । पालिकाबाट प्रवाह हुने सेवा तथा गुनासो गर्न गाउँपालिकाले टोल फ्री नम्बर संचालनमा ल्याएको हो । पालिकाबाट हुने सेवा प्रवाह थप प्रभावकारी बनाउन निशुल्क टोेले फ्री नम्बर १८१०५०००१४६ संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
सेवा प्रवाह तथा सेवाग्राहीको गुनासो सुन्न गुनासो सुन्ने अधिकारी मानविर ओलीलाई जिम्मेवारी दिएको छ । उहाँ पालिकाको बालकल्याण अधिकारीको रुपमा समेत कार्यरत हुनुहन्छ ।
गाउँपालिकाले टोल फ्री नम्बर संचालनमा आएसँगै पालिकाबासीलाई सेवा प्रवाहको बारेमा बुझ्न र गुनासो गर्न सहज हुने गाउँपालिकाले विश्वास लिएको छ । पालिकासँग सम्बन्धित सेवा प्रवाह तथा गुनासो गर्दा टोल फ्री नम्बरमा कुनै पैसा लाग्ने छैन् । टोल फ्री नम्बर चौविसै घण्टा संचालन हुने छ ।


