नेकपा माओवादी केन्द्रको जनतासँग (माओवादी) मध्यपहाडी लोकमार्ग अभियान अन्तरगत भोली (मंगलबार) का दिन रुकुम पश्चिमको चौरजहारीमा आयोजित विशाल जनसभालाई सम्बाेधन गर्न रुकुम आउदै हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवोधन गर्ने विशाल आम सभाको मञ्च व्यवस्थापन लगाएतका कार्य पुराभएको अयोजकले जानकारी दिएको छ ।
चौरजहारीमा हुने जनसभामा जिल्लाका सबै पालिकाबाट नेता कार्यकर्ता सहित सर्वसाधरणहरुको ठुलो सहभागीता रहने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
प्रचण्डले जनसभामा सम्बोधन गर्नुका साथै त्यसअघि सहिदपरिवारसंग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
मंगलबार विहान चौरजहारी पार्टी कार्यालयमा शहीदपरिवारहरु संगै, जनयुद्धका घाईते, आपाङ्गता, पूर्व जनमुक्ति सेनाको टिमसंग भेटघाट गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका (सचिन) ले जानकारी दिनुभयो ।
त्यस्तै चौरजहारी नगरपालिकाको कार्यालय अवलोकन र कर्मचारीहरुसंग भेटघाट समेत कार्यतालिका रहेको छ । प्रचण्डले चौरजहारीको जनसभा समापन लगतै मुसिकोटको यात्रा प्रस्थान गरी सदरमुकाम खलंगाको शेरीगाउँ शहीदप्रतिष्ठानमा आयोजना गरिएको जनसंसाद कार्यक्रममा सहभाभी हुने बताइएको छ ।
मंगलबार प्रचण्ड रुकुम पश्चिम सदरमुकाम खलंगामा नै बास बसेर ७ गते विहान रुकुमकोट तर्फ लाग्ने जनाइएको छ ।