नेकपा एमाले रुकुम पश्चिमले आज जिल्ला सदरमुकाम मुसिकोट खलंगामा जागरण सभा गरेको छ ।
पार्टीको राष्ट्रिय कार्यक्रम अनुसार देशव्यापी आयोजना गरिएको जिल्ला स्तरीय जागरण सभा रुकुम पश्चिममा आयोजना गरिएको हो । जागर सभामा जिल्लाका छ वटै पालिकाबाट एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
पार्टी कार्यालय बागबजारबाट सुरु भएको जागर सभाको र्याली त्रिवेणी चोक, सहिद गेट, तल्लो बजार, जिल्ला प्रशासन हुँदै बालमन्दिमा आएर सभामा परिनत भएको थियो । सभालाई सम्बोधन गदै पार्टीका नेताहरुले गत शुक्रकार काठमाडौँमा देखिएको राजावादीको आन्दोलनले सरकारलाई गम्भीर भएर सोच्नु पर्ने बेला आएको बताएका थिए । राजावदीको नाममा हिंसात्मक गतिविधी गर्ने कसैलाई पनि छोड्न नहुने उनिहरुको भनाई थियो ।
प्रमुख अतिथि पोलिटव्यूरो सदस्य खेममान खड्काले पुर्व राजा ज्ञानेन्द्र शाहीको निर्देशनमा हिंसात्मक गतिविधी भएकाले सरकारले तत्काल पुर्व राजालाई कारवाहीको दायरमा ल्याउनुपर्ने बताउनुभएको थियो । यस्ता खालका हिंसात्मक गतिविधि गर्ने कसैलाई छुट दिन नहुने उहाँको भनाई थियो ।
जिल्ला पार्टी अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षता भएको कार्यक्रमा पोलिटव्यूरो सदस्य खेममान खड्का, जिल्लास्थित नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पार्टी जिल्ला सचिव शसिराम नेपालीले गर्नुभएको थियो ।