रुकुम पश्चिमको विभिन्न ठाउँमा लगाएको लागुऔषध अफिम खेती नष्ट गरिएको छ ।
जिल्ल्लाको सानीभेरी गाउँपालिका तथा आठविसकोट नगरपालिकाको विभिन्न ठाउँमा लगाएको अफिम खेती नष्ट गरिएको हो । चैत महिना यता मात्रै जिल्लाको दुईवटा पालिकाबाट ७५ रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुुकम पश्चिमले जनाएको छ ।
आठविसकोट नगरपालिका १२ ठुलीबार्खूमा ५ रोपनी, ३ को कालापानीमा १० र ३ नम्बर वडाकै पाटागाउँमा २० रोपनी तथा सानीभेरी गाउँपालिका ६ छहरामा ४० रोपनी गरेर ७५ रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी पमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य अफिम खेती हुने ठाउँको पनि खोजि भइरेको छ । जंगलमा खेती हुने गरेकाले खेती गर्ने व्यक्ति पत्ता लगाउन भने चुनौति हुने गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्टको भनाई छ ।