रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ का सुनौलो हजार दिने आमाहरुलाई बेमौषमी तरकारीको बिउ वितरण गरिएको छ ।
नगर कृषि विकास शाखाले बिहिबार एक कार्यक्रमको आयोजना गरी सुनौलो हजार दिने आमाहरुलाई बेमौषमी तरकारीको बीउ वितरण गरेको हो । वडामा रहेका १ सय १ जना सुनौलो हजार दिने आमाहरुलाई बेमौषमी तरकारीको बिउ वितरण गरिएको वडा सचिव धनकुमार शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुनौलो हजार दिने आमाहरुलाई विभिन्न प्रजातीको तरकारीको बिउ वितरण गरिएको हो । कार्यबाहाक वडा अध्यक्ष शसिराम रोका क्षेत्रीको अध्यक्षतामा भएको बिउ वितरण कार्यक्रममा नगर उपप्रमुख बिमलकुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नगर कृषि विकास शाखाका प्रमुख यज्ञबहादुर खड्का, वडा सदस्य हरिबहादुर पुन, भलाक्चा स्वास्थ्य चौकी इन्चार्ज चुडामणि विक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि प्राविधिक शिमा पुन मगरले गर्नु भएको थियो ।


