रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं २ मा भूकम्प प्रतिरोधी भवन निर्माणको लागि तालिम सुरु भएको छ ।
हेल्पटास नेपालको आर्थिक सहयोग तथा गाउँपालिकाको सहलगानीमा आजबाट ५० दिने डकर्मी तालिम सुरु भएको हो । तालिममा वडाका २० जना व्यक्तिहरु सहभागि भएका छन् ।
तालिम सँगसँगै वडामा भूकम्प प्रतिरोधात्मक २ वटा घर निर्माण हुने सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडामा रहेका अति विपन्न घरपरिवार छनोट गरेर भूकम्प प्रतिरोधी घर निर्माण गरिनेछ ।
यस अघि पालिकाको विभिन्न ठाउँमा ८ वटा नमुना घर निर्माण गरिएको छ भने ८० जनालाई यक्तिलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ ।
केही दिनभित्र वडा नम्बर १ मा पनि २० जना व्यक्तिलाई डकर्मी तालिम दिइने गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुयभो । डकर्मी तालिमले पालिकामा भूकम्पपछिको पुनः निर्माणमा ठुलो सहयोग पुग्ने गाउँपालिकाले विश्वास व्यक्त गरेको छ ।