नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।


