रुकुम पश्चिममा सुख्खा पहिरोको कारण अवरुद्ध भएको विद्युत प्रशारण लाइन सूचारु भएको छ ।
बुधबार सडक विस्तार गर्ने क्रममा मुसिकोट १२ जमारीमा सुख्खा पहिरो विजुलीका पोलमा क्षति पुर्याएपछि अवरुद्ध भएको थियो । विद्युत लाइनमा क्षति पुगेसँगै मुसिकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणी गाउँपालिकाको विभिन्न वडाहरुमा विद्युत लाइन अवरुद्ध भएको थियो ।
कठिन स्थान र कठिन परिस्थितिका बाबजुद मुसिकोट नगरपालिका वडा १२ जमारीमा लाइन मर्मत गरी विद्युत सूचारु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ । सुख्खा पहिरोको कारण विद्युतका पोलमा क्षति पुग्दा मुसिकोट नगरपालिका १२, चौरजहारी नगरपालिका १३ र १४ तथा त्रिवेणी गाउँपालिका ७, ८, ९, र १० नम्बर वडामा विद्युत लाइन अवरुद्ध भएको थियो ।

