नेपाली काग्रेस निकट नेपाल लोतान्त्रिक खेलकुद संघ आठविसकोट नगरपालिकाको नयाँ कार्य समिति चयन गरिएको छ ।
शनिबार आठविसकोट नगरपालिका वडा नं ९ राडीमा नगर स्तरिय लोकतान्त्रिक खेलकुद संघ निर्माण गरिएको हो । रितिक विकको अध्यक्षतामा ७ जना पछि थप्ने गरी २१ सदस्यीय खेलकुद संघ गठन गरिएको छ ।
जसको उपाध्यक्षमा युनिशा बुढा, सचिवमा दिनेश नेपाली, सह सचिवमा प्रकाश विष्ट र कोषाध्यमा डिला नाथ चयन हुनुभएको छ । उक्त समितिले १ महिना भित्र बैठक बसी ७ जना सदस्य मनोनित गर्ने निर्णय समेत गरेको छ ।
नेपाली काग्रेसका आठविसकोेट नगर सभापति अमृत बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिव तारकबहादुर शाही, प्रवक्ता लालबहादुर ओली, जिल्ला सदस्य जनक बटला, लोकतान्त्रिक खेलकुद संघका जिल्ला प्रतिनिधी तेजविक्रम बुुढा लगायतको उपस्थित रहको थियो ।