रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १२ काँशपोखरीमा रहेको जन कल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
सोही विद्यालका पूर्व विद्यार्थी तथा रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले विद्यालयलाई ३६ हजार १ सय वराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । आफुले पहिले अध्यनरत गरेको विद्यालयमा ३६ हजार १ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको उहाँले बताउनुभयो ।
विद्यालयमा अध्यनरत ३० जना गरिव तथा जेहेन्दार विद्यार्थाीलाई शैक्षिक सामग्री सहयोग गरिएको ओलीले जानकारी दिनुभयो । नरेन्द्रको बुवा धनबहादुर ओलीले बुधबार विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । ती शैक्षिक सामग्री विद्यालयले एक कार्यक्रमका विच गरिव तथा जेहेन्दार विद्यार्थीलाई विररण गरेको जनाएको छ ।
विद्यालयले शैक्षिक सामग्री सहयोग गर्ने नरेद्रको बुवालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ भने आगामि दिनहरुमा पनि सहयोग हुने अपेक्षा विद्यालयले गरेको छ ।